सप्तरी । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचबाट
९७८ किलो अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
जिल्लाको कन्चनरुप नगरपालिका वडा नम्बर-२ गएराति साढे १० बजे जिल्ला प्रहरी कार्यालयको ना ५ ख ५३५ टोलीले नम्बरको ट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा फेला पारेको प्रहरी प्रवक्ता डम्बर बहादुर पुरीले बताए ।
उनका अनुसार ट्रकमा बोरामा प्याक गरी राखिएको अवस्थामा २८ बोरामा ९७८ किलो गाँजा भेटिएको हो।
ट्रक चालक संजय श्रेष्टलाइ घटनास्थलमै नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको गाँजा तथा पक्राउ परेका व्यक्ति सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।