ट्रेन्डिङ

मधेसमा सभामुखसहित ‘प्याकेजमा सहमति’का लागि सात दलको बैठक आज बस्दै

जनकपुर । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि अब सभामुखसहित सरकारको नेतृत्व तय गर्न सात दलको बैठक आज बस्ने भएको छ।

बुधबार दुइ तिहाइ सांसदको बहुमतबाट सभामुख मण्डल पदमुक्त भएपछि रिक्त पदसहित आगामी मुख्यमन्त्री कसको हुने भन्ने विषयमा टुंगो लगाउन बैठक बोलाइएको हो।

स्रोतका अनुसार बैठकमा सभामुखसहित मधेस सरकारको नेतृत्व कसले सम्हाल्ने, कुन दलले सरकारमा कसरी सहभागिता जनाउने लगायतका एजेन्डा छलफल हुनेछन्।

दलहरुले मुख्यमन्त्री र रिक्त सभामुखको पदसहित ‘प्याकेजमा’ आन्तरिक सहमति जुटाउने तयारी थालेका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होटेलबाट संविधानविपरीत नियुक्ति लिएपछि प्रदेशको राजनीतिमा उथलपुथल ल्याएको छ।

असंवैधानिक नियुक्ति भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेकाले प्रदेशभर दिनहुँ प्रदर्शन भइरहेका छन्।

यस्तो असंवैधानिक नियुक्तिका कारण प्रदेश प्रमुखदेखि सभामुखसम्म पदमा अस्थिरता देखिएको छ।

अहिले सात दलको बैठकले यस ‘प्याकेज सहमति’मार्फत राजनीतिक स्थायित्व ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै