ट्रेन्डिङ

रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालयमा तालाबन्दी

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालबन्दी गरिएको छ । नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले गाउँपालिकाको कार्यालयमा आइतबारदेखि तालाबन्दी गरेका हुन् ।

वडा नम्बर ४ को कार्यालय पायक पर्ने स्थानमा राख्नुपर्ने माग राख्दै उनीहरुले तालाबन्दी गरेका जनाइएको छ ।

दोस्रो पटक निर्वाचित भएका वडा ४ का अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले अपायक स्थानबाट वडा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई निकै कठिनाइ हुने गरेको कांग्रेस पालिका सभापति सिताराम यादवले जनाए ।

उनका अनुसार वडा अध्यक्ष, पालिका अध्यक्षसँगै प्रमुख जिल्ला अधिकारीलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान भएन ।

उनले आफूहरुको माग बेवास्ता गरिएको भन्दै बाध्य भएर २४ घण्टे रिले अनसन समेत बताए ।

यता गाउँपालिका कार्यालयमा तालबन्दी हुँदा कार्यालयबाट वितरण हुने सम्पूर्ण सेवा सुविधाहरु प्रभावित भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले कार्यालयमा भएको तालाबन्दीका कारण विपत् व्यवस्थापन लगायतका कार्यहरु अलपत्र परेका जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै