ट्रेन्डिङ

देशभर मौसमी प्रणालीको विशेष प्रभाव छैन, हिमाली क्षेत्रमा हिमपातको न्यून सम्भावना

काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईसहित अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा छ।

आजको मौसम
दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ।
अन्य भूभागमा मौसम मुख्यतः सफा रहने छ।

भोलिको पूर्वानुमान

भोलि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत छ।

महाशाखाले यातायात, पर्यटन तथा हिमाली क्षेत्रतर्फ जानेहरुलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै