बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आज बिहान जेनजी युवा र एमाले कार्यकर्ताबिच धक्कामुक्की भएको छ ।
उपमहानगरपालिका–२ स्थित सिमरा चोक बिहान जेनजी युवा र एमाले कार्यकर्ताबिच विवाद भएको हो ।
नेकपा (एमाले) युवा समूह र जेन्जीबीच अचानक झडप भएपछि परिस्थिती नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।
बिहान करिब साढे १० बजेतिर एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरमार्फत सिमरा आइपुग्ने जानकारी सार्वजनिक भएपछि जेन्जी समूहले विरोध स्वरूप प्रदर्शन सुरु गरेको थियो।
सोही क्रममा दुवै पक्ष आमनेसामने आएपछि झडप चर्किएको जनाइएको छ ।
झडपका क्रममा एमाले पक्षले तयार गरेको स्वागत द्वार जेन्जी समूहले च्यातेर भत्काएको स्थानीयले बताएका छन्।
घटनापछि सिमरा विमानस्थल क्षेत्रदेखि चोकसम्म प्रहरी तैनाथी बढाइएको छ।
प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा छ।
सुरक्षा संवेदनशीलता बढेको भन्दै स्थानीय प्रशासन सतर्क मोडमा रहेको जनाएको छ।