ट्रेन्डिङ

मधेश प्रदेशमा सभामुखविरुद्धको प्रस्ताव, आज १ बजे विशेष बैठक बस्दै

जनकपुर । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्ताव प्रक्रियालाई अगाडि बढाउन आज दिउँसो १ बजे विशेष बैठक बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सांसदहरूलाई सूचित गर्दै बैठकका सबै तयारी पूरा भएको जनाएको छ।

सचिवालयका अनुसार विभिन्न सूचना माध्यम, विशेषगरी सामाजिक सञ्जाल समूहमार्फत सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि जानकारी पठाइएको छ।

सात दलीय गठबन्धनका सांसदहरूले कात्तिक २७ गते सभामुख मण्डलले ‘पदअनुकूल आचरण उल्लंघन गरेको’ भन्दै प्रस्ताव दर्ता गराएका थिए।

कानुनी प्रावधानअनुसार सो प्रस्ताव दर्ता भएको एक साताभित्र सदनमा छलफल गरिनुपर्ने हुँदा आजको बैठक महत्वपूर्ण मानिएको छ।

प्रदेशसभा बैठक उपसभामुख बबिता राउत ईशरको आह्वानमा बोलाइएको हो।

गठबन्धनका ३२ सांसदले मंगलबार उपसभामुखलाई ज्ञापनपत्र बुझाउँदै बैठक शीघ्र बोलाउन माग गरेपछि सचिवालयले आजको समय निर्धारण गरेको हो।

आजको बैठकले सभामुखविरुद्ध दर्ता भएको प्रस्ताव अगाडि बढ्नेछ वा नयाँ राजनीतिक मोड आउनेछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै