ट्रेन्डिङ

मधेश प्रदेशमा आज पनि सात दलको धर्ना

जनकपुर । मधेश प्रदेश सरकारको मुख्यालय अगाडि सात दलले सञ्चालन गरेको विरोध प्रदर्शन लगातार ९’दिनदेखि जारी छ।

सोमबार बिहानदेखि आन्दोलनकारीहरूले मधेश भवनको गेट अगाडि धर्ना जारी राख्दै प्रदेश सरकार र सभामुख, उपसभामुखको पछिल्ला निर्णयविरुद्ध सडकबाटै कडा दबाब दिइरहेका छन्।

असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको, सांसदहरूमाथि हातपात गरिएको, अविश्वास प्रस्ताव दर्ता भइसकेका अवस्थामा उपसभामुख रामचन्द्र मण्डलले सांसद पदमुक्त गरेको निर्णयलगायतका घटनाले प्रदेशको राजनीति थप तनावपूर्ण बन्दै गएको छ।

आन्दोलनको ९औँ दिन आज सात दलले फरक शैली अपनाएका छन, सवै दलगत झण्डा हटाइ राष्ट्रीय झण्डा बोकेर धर्ना कार्यक्रम अघि बढाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै