ट्रेन्डिङ

सुतिसकेका दुर्गा प्रसाईं मध्यराति निवासबाट यसरी पक्राउ परे

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार सुतिरहेको अवस्थामा नै उनलाई नियन्त्रणमा लिन प्रहरीले राति करीब १२ बजे घरमै पुगेको थियो।

प्रहरी टोलीले निवासभित्र प्रवेश गरी आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले पुष्टि गरे।

पक्राउपछि प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ।

यसैबीच, निवास परिसरबाट उनलाई निकाल्दै गरेको दृश्यसहितको एक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोलाई हेर्दा प्रसाईंले गाडी चढ्दै गरेको दृश्य खिच्न कसैलाई अनुरोध गरेको सुन्न सकिन्छ।

प्रसाईंले मङ्सिर ७ देखि नयाँ आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

आन्दोलनले हिंसा भड्किन सक्ने आशङ्का रहेको भन्दै प्रहरी प्रशासनले उनलाई पक्राउ गरेको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै