वीरगन्ज । नेकपा एमाले पर्सा जिल्ला कमिटीको पूर्ण पाँचौं बैठक सुरु भएको छ ।
सोमबार दिउसोदेखि वीरगन्जमा एमालेका शीर्षस्थ नेताहरुको सहभागितामा बैठक सुरु गरिएको हो ।
पार्टीका जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा आज सुरु भएको हो ।
बैठकमा पार्टीका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ प्रमुख अतिथि, पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य निर्मला देवकोटा बिशिष्ट अतिथि रहेका छन्।
जिल्ला कमिटी सचिवालय सदस्य र अन्य सदस्यहरू पनि उपस्थित छन्।
बैठकमा संगठन सुदृढिकरण, क्षेत्रीय समन्वय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
यसले पर्सा जिल्लामा एमालेको संगठनात्मक मजबुतीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।