ट्रेन्डिङ

‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा कस्ता कस्ता गुनासा टिपाइयो मुख्यमन्त्री यादवलाइ ?

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभरका नागरिकसँग प्रत्यक्ष सम्पर्क कायम राख्न ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका छन्।

हिजोबाट सुरु भएको यो पहल सोमबार दोस्रो दिन पनि जारी रहँदै प्रदेशभरका नागरिकका गुनासाहरू सुनिँदै तत्काल सम्बोधनको प्रक्रिया अघि बढाइएको छ।

पहिलो दिनदेखि नै स्थानीय जनताले लोक सेवा आयोगको विज्ञापन सूचना, युवाहरूको रोजगारी, नापी तथा मालपोत कार्यालयमा देखिएको भ्रष्टाचार, शिक्षाको अवस्था, सडक मर्मत लगायतका मुद्दा मुख्यमन्त्रीको कार्यालयमा टिपाएका छन्।

मुख्यमन्त्री यादवले प्रत्येक गुनासाको तत्काल सम्बोधन सुनिश्चित गर्दै सम्बन्धित निकायमा फोनमार्फत आवश्यक निर्देशन दिइरहेका छन्।

कार्यक्रम हरेक दिन ४५ मिनेट सञ्चालन भइरहेको छ र यसले नागरिक–सरकारबीचको प्रत्यक्ष संवाद र विश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

मुख्यमन्त्री यादवका अनुसार, नागरिकहरूले दैनिक फोनमार्फत आफ्नो समस्या बताउन सक्नेछन्।

यस्तो पहलले मधेस प्रदेशमा सरकारी सेवामा पारदर्शिता र जवाफदेहिता बढाउने र स्थानीय नागरिकका वास्तविक समस्याको समाधानमा शीघ्रता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै