ट्रेन्डिङ

अनौठो मान्दै विद्यार्थीसंग पर्साका एसपी पाठकले भने- जिल्लामा धेरै जनलाइ एसपीको नम्बर थाहा छ, तर १०० नै थाहा छैन

वीरगन्ज । पर्सामा प्रहरीको इमर्जेन्सी नम्बर ‘१००’ प्रति जनचेतना कमजोर रहेको तथ्य प्रहरी नेतृत्वले नै सार्वजनिक गरेको छ।

विशेषगरी विद्यार्थीहरू सहभागी रहेको एक कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले पर्सामा “एसपीको नम्बर सबैलाई, तर १०० नम्बर नथाहा” भन्ने गलत प्रवृत्ति फैलिँदो देखिएको बताए।

सोमबार सामुदायिक प्रहरी सेवा केन्द्रले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै एसपी पाठकले आपतकालीन अवस्थामा कसरी प्रहरीसँग सम्पर्क गर्ने भन्ने विषयमा सर्वसाधारण अझै स्पष्ट नभएको बताए।

“१०० नम्बर कहिल्यै व्यस्त हुँदैन, समस्या परे तुरुन्तै फोन गर्नुहोस्,” उनले विद्यार्थीहरूलाई आग्रह गर्दै भने, “एसपीको निजी नम्बर खोज्ने होइन, पहिलो प्राथमिकता १०० नै हुनुपर्छ।”

कार्यक्रममा उनले विशेषगरी महिला र विद्यार्थीहरूले भोग्ने गोप्य तथा संवेदनशील समस्याहरू बारे प्रहरी गम्भीर रहेको उल्लेख गर्दै कसैले दुःख दिएमा वा धम्की दिएमा ढुक्क भई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरे।

उनका अनुसार १०० नम्बरप्रतिको बेवास्ता नै प्रहरी–नागरिक समन्वयमा देखिएको खाडल हो, जसका कारण स्थानीय तहमा सुरक्षा–चेतना अभिवृद्धि कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता झनै बढेको छ।

पर्सामा प्रहरीको १०० नम्बरबारे स्पष्ट जानकारी नहुनु सुरक्षा व्यवस्थाकै लागि चिन्ताजनक रहेको एसपी पाठकको बुझाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै