काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता गरिएको रिटमाथि हुने सुनुवाइ मंसिर १ गते (सोमबार) का लागि सारिएको छ।
पहिले आइतबारका लागि तोकिएको सुनुवाइ अर्को मिसिल समेत साथसाथै पेश गर्नुपर्ने भएकोले स्थगित भएको हो ।
उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ हुने निर्धारण गरिएको थियो।
मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदहरूले मुख्यमन्त्री यादवको नियुक्ति ‘असंवैधानिक’ भएको दाबी गर्दै गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
