ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा आज भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुन बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ रहेको प्रतितोला छापावाल सुनको मूल्य आइतबार घटेर २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ।

शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदी आइतबार घटेर ३ हजार १३५ रुपैयाँमा व्यापार भइरहेको छ।

बजारमा सुन–चाँदीको मूल्य घट्नुको कारण विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य उतार–चढाव र स्थानीय माग–आपूर्तिलाई जोडेर देखाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै