जनकपुर । मधेश प्रदेश सरकारको मुख्यालय अगाडि आज अनि सात दलले प्रदर्शन सुरु गरेको छ ।
मधेस भवनको गेट अगाडि सात दलले आइतबार बिहानदेखि प्रदर्शन सुरु गरेको हो ।
प्रदेसमा भइरहेका राजनीतिक तनावबीच सात दलका नेता–कार्यकर्ताले आज बिहानैदेखि मधेश भवन अगाडि आन्दोलन जारी राखेका छन्।
असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको, सांसदहरूमाथि हातपात गरिएको र अविश्वास प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेशका उपसभामुख रामचन्द्र मण्डलद्वारा सांसद पदमुक्त गरिएको निर्णयलगायतका घटनाको विरोधमा सात दल निरन्तर सडकमा छन्। ७ औं दिनको प्रदर्शनमा भने ७ दलले फरक शैली अपनाएको छ ।
धर्ना दिएसंगै सात दलले आज धर्नामा भने दलगत झण्डा हटाएर सबैले राष्ट्रिय झण्डा बोकेर विरोध प्रदर्शन गरेका छन्।
यता नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सातै दलले मुख्यमन्त्री खारेजी माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज दुवै पक्षबीच सुनुवाइ प्रक्रिया अघि बढ्ने कार्यक्रम समेत छ।
सडक आन्दोलनसँगै न्यायालयसम्म पुगेका सात दलले मुख्यमन्त्रीविरुद्ध, र प्रदेशसभाभित्र सभामुखविरुद्ध समानान्तर रूपमा दबाब कायम राखिरहेका छन्।