जनकपुर । मधेस प्रदेशमा राजनीतिक तन्कावट बढिरहेका बेला सात दलका सांसदहरू आज प्रदेशसभा भवनअगाडि धर्नामा बसेका छन्।
सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण विपरीत काम गरेको भन्दै दर्ता गरिएको प्रस्तावले प्रदेशसभाभित्र तनाव झन् बिकराल बन्दै गएको छ।
धर्नामा बसेका सांसदहरूले सभामुखविरुद्ध दर्ता गरिएको प्रस्तावबारे प्रष्ट जानकारी लिन उपसभामुखसँग भेटघाटको प्रयासका लागि आफूहरू सामूहिक रूपमा प्रदेशसभा परिसर पुगेको लोसपा सांसद उपेन्द्र महतोले बताए।
यसअघि सभामुख मण्डलले आफूलाई हटाउने प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।
तर उक्त निर्णय उपसभामुखले बदर गरेपछि प्रदेशसभाभित्र शक्ति–रस््साकस्सी खुल्ला रूपमा सतहमा आएको छ।
मधेस प्रदेशमा एमालेका सरोज यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएको निर्णयपछि सत्ता–सहयोगी दलहरूबीच आलोपालो आरोप–प्रत्यारोप सुरु भएको छ