ट्रेन्डिङ

मधेस प्रदेशमा राजनीतिक तनावबीच प्रदेश प्रमुखद्वारा सर्वदलीय बैठक आह्वान

जनकपुर । मधेस प्रदेशमा उत्पन्न भइरहेको राजनीतिक जटिलता र निरन्तर बढ्दो अनिश्चितताबीच प्रदेश प्रमुख सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रदेश प्रमुख लाभले आज दिउँसो ३ बजेदेखि सर्वदलीय बैठक बस्ने जानकारी गराएका छन्।

प्रदेशको वर्तमान राजनीतिक परिस्थिति, दलहरुबीच बढ्दो अविश्वास र सरकार गठन तथा सञ्चालनमा देखिएको नयाँ मोडका विषयमा व्यापक छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।

हाल प्रदेशसभामा सत्ता–शक्तिको समीकरण अस्थिर बन्दै गएको, नेतृत्व परिवर्तनका सम्भावना बढिरहेको र प्रमुख राजनीतिक दलहरुबीच आरोपप्रत्यारोप तीव्र बनेको पृष्ठभूमिमा प्रदेश प्रमुखको पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ।

यसबाट उत्पन्न हुने निष्कर्षले मधेस प्रदेशको आगामी राजनीतिक यात्रा कुन दिशामा लैजाने हो भन्ने संकेत गर्ने राजनीतिक विश्लेषकहरूको धारणा छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै