ट्रेन्डिङ

मधेससभाबाट पदमुक्त पाँच सांसदको एक साथ प्रतिकार, मागे- एक वर्षको हाजिरी रेकर्ड

जनकपुर । मधेश प्रदेशसभाबाट पदमुक्त गराइएका पाँचजना सांसदले आफ्नो हाजिरी सम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सचिवालयसँग औपचारिकरूपमा माग गरेका छन्।

लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले जसपा नेपालका मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदाशंकर प्रसाद कलवार तथा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई बिहीबार पदमुक्त गर्ने निर्णय गरेका थिए।

तर, आफूहरूलाई मनगढन्ते आरोप र पूर्वाग्रही निर्णयका आधारमा हटाइएको आरोप लगाउँदै ती पाँच सांसदले एक वर्षभित्रका सबै बैठकहरूको हाजिरी रेकर्डसहित सम्बन्धित कागजात उपलब्ध गराउन माग गरेका हुन्।

शुक्रबार सञ्जयकुमार यादव र उर्मिलादेवी सिंह सचिवालयमा उपस्थित भई निवेदन दर्ता गराएका हुन्।

‘हामी नियमित रूपमा बैठकमा बसेका छौँ, तर राजनीतिक उद्देश्यले पदमुक्त गरिएको छ,’ जसपा नेपालका सांसद यादवले बताए।

यसअघि नै सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि आएको यो कदम प्रदेशसभाको पछिल्लो विवादलाई झनै तातेको टिप्पणी प्रदेशसभाभित्र गरिँदै आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै