वीरगन्ज । बिहार विधानसभा चुनावको मतगणना आज बिहानदेखि जारी रहेको छ।
सबै केन्द्रमा सुरक्षासहित मतगणनाको प्रक्रिया अघि बढिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सबैभन्दा पहिले पोस्टल ब्यालेट को गणना सुरु गरिएको छ।
प्रारम्भिक चरणमै केही स्थानबाट आउने सूचनाअनुसार प्रशान्त किशोर नेतृत्वको ‘जन सुराज’ को पक्षमा पहिलो रुझान देखिएको बताइएको छ।
२४३ सिटका लागि भइरहेको यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्तारूढ एनडीए र विपक्षी महागठबन्धनबीच भए पनि प्रारम्भिक मतगणनामा नयाँ शक्ति ‘जन सुराज’ ले पनि उपस्थिति जनाउँदै परिणामप्रति उत्सुकता बढाएको छ।