ट्रेन्डिङ

प्रकाशमान सिंह राउत प्रधानान्यायाधीशमा नियुक्त

काठमाण्डौँ । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो ।

राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै