ट्रेन्डिङ

महाअभियोगको जवाफी फायर : सभामुख मण्डलद्वारा पाँच सांसद पदमुक्त

जनकपुर। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले महाअभियोगको प्रस्ताव दर्ता भएको केही घण्टामै जवाफी फायर गर्दै पाँच जना सांसदलाई पदमुक्त गरेका छन् ।

सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा ७४ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि मण्डलले तत्काल पाँच सांसदलाई लगातार १० पटक बैठकमा अनुपस्थित भएको भन्दै सदस्य पदबाट हटाएको सूचना जारी गरेका हुन् ।

पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपा नेपालका मनिष कुमार सुमन र सञ्जय कुमार यादव, साथै सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवार रहेका छन् ।

सभामुखको कार्यालयले संविधानको धारा १८० (घ) अनुसार कार्तिक २७ गतेदेखि उनीहरूको पद रिक्त भएको जनाइएको छ ।

तर राजनीतिक वृतमा यो कदमलाई ‘रिसिइवी साध्ने निर्णय’ भनेर हेरिएको छ ।

आज सभामुखविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुखले तत्काल पाँच सांसदलाई पदमुक्त गरेर संख्यात्मक हैसियत कमजोर पार्ने प्रयास गरेको आरोप विपक्षी दलहरूले लगाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै