ट्रेन्डिङ

जनकपुरमा सात दलको आपतकालीन बैठक, रणनीति तय गर्न छलफल

जनकपुर । मधेश प्रदेशसभामा उत्पन्न विवादपछि सात दलका शीर्ष नेताहरू जनकपुरधाममा आपतकालीन बैठकमा बसेका छन् ।

स्रोतका अनुसार साँझ सभामुखको कार्यालयमा विवाद चर्किएपछि अहिले जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रादेशिक कार्यालयमा सात दलको बैठक सुरु भएको हो ।

बैठकमा हालको राजनीतिक अवस्थाबारे समिक्षा गर्दै आगामी रणनीति तय गर्ने तयारी भइरहेको बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्त पार्टी नेताहरू सहभागी छन् ।

बैठकपछि साझा धारणा सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै