ट्रेन्डिङ

मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार सम्हाले, भने- ‘संविधान र न्यायको रक्षा मेरो पहिलो दायित्व’

जनकपुर। मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले बिहीबार पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयमा आयोजित औपचारिक समारोहका बीच उनले पदभार ग्रहण गर्दै औपचारिक रूपमा काम सुरु गरेका हुन् ।

पदभार ग्रहण समारोहका क्रममा प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु काबाडीले डा. कर्णलाई स्वागत गर्दै प्रदेशको राजनीतिक अवस्था, प्रशासनिक संरचना र हालका चुनौतीबारे जानकारी गराएका थिए ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कर्णले मधेश प्रदेशलाई सीताको जननीको भूमि भनेर वर्णन गर्दै यस प्रदेशको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानप्रति सम्मान प्रकट गरे ।

उनले भने, ‘पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा कार्य गर्ने प्रतिवद्धता जनाउँदै, “सञ्चारकर्मीहरू लोकतन्त्रका आधार हुन्, तिनको सुझाव र सहकार्य अत्यावश्यक ।” ।

डा. कर्णले संविधानको रक्षा, सुशासन प्रवर्द्धन र न्यायपूर्ण ढंगले प्रदेशको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताए ।

मुख्यमन्त्री नियुक्ति विवादबारे सोधिएको प्रश्नमा उनले भने, “अदालतको आदेश र संवैधानिक मापदण्डअनुसारै म अघि बढ्नेछु।”

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा डा. कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै