ट्रेन्डिङ

मुख्यमन्त्री यादवको नियुक्तिको वैधता विषयमा कारण देखाउ आदेश

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिबारे सर्वोच्च अदालतले आगामी आइतबार (कात्तिक ३० गते) प्रारम्भिक आदेश दिने संकेत गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न आइतबारको मितिमा पेशी तोकेको हो।

उक्त दिन अदालतले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी सम्पूर्ण कागजात तथा निर्णयहरू अध्ययन गर्ने तयारी गरेको छ।

कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेश सांसदले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले दुवै पक्षलाई आइतबार छलफलका लागि उपस्थित हुन आदेश दिएको हो।

संयुक्त इजलासमा रहेका दुई न्यायाधीशले सरकार गठन प्रक्रियामा त्रुटि वा कैफियत देखिए प्रारम्भिक चरणमै अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

यदि यस्तो आदेश जारी भयो भने मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय तथा कामकाज गर्न रोक लगाउने निर्देशनसमेत हुनसक्ने देखिन्छ।

त्यसको सङ्केत न्यायाधीश पाण्डेयको मंगलबारको आदेशमै झल्किएको थियो।

सर्वोच्चले मंगलबार दर्ता भएको रिट तथा त्यसमा जारी आदेशको सम्पूर्ण फाइल आइतबारको सुनुवाइका क्रममा पेश गर्न पनि आदेश दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै