ट्रेन्डिङ

सुनको मूल्यमा गिरावट, तोलामा आज २१ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार १०० सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन ४ हजार ९ सय रुपैयाँले बढेको सुनको मूल्य भने आज २ हजार १०० सय रुपैयाँले घट्दै २ लाख ४४ हजार ३ सय रुपैयाँमा झरेको हो ।

चाँदीको मूल्य भने आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढ्दै ३ हजार १७५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन ९५ रुपैयाँले बढ्दै चाँदी ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै