वीरगन्ज । बिहार विधानसभाको अन्तिम चरणको मतदान सकिएपछि मधेससं जोडिएका सीमानाका ओपेन भएका छन ।
मतदान सकिएपछि मंगलबार अबेर साँझदेखि सीमानाका खुलेका छन ।
मंगलबार विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएपछि साँझदेखि सीमानाका खुलेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ ।
हिजो मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि सीमानाका खोलिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सीमानाका खुलेसंगै नेपाल- भारत आवतजावतमा सहजता भएको छ ।
निर्वाचनलाइ मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएको सीमानाका यही कार्तिक २२ गते साँझ ६ बजेदेखि बन्द गरिएको थियो ।
मधेस प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सीमानाका बन्द बारे जानकारी गराएका थिए ।
मंगलबार दोस्रो चरणको मतदान रहेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि मधेस प्रदेसका सीमानाका बन्द गरिएको थियो ।