काठमाडौं । मुख्यमन्त्री सरोज यादवको सरकारमा मन्त्री बनेकी सांसदलाइ राप्रपाले स्पष्टीकरण सोधेको छ ।
पार्टीको परामर्श बिना मधेस प्रदेशमा मन्त्री बनेकी सांसदलाई राप्रपाले स्पष्टीकरण सोधेको हो।
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बन्न गएकी पार्टीकी एक्ली सांसद कञ्चन बिच्छा साहलाई राप्रपाको केन्द्रीय अनुशासन आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो।