ट्रेन्डिङ

राष्ट्रपतिद्वारा मधेश प्रदेशका नयाँ प्रमुख कर्णलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएका हुन्।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो।

सरकारको सो सिफारिसअनुसार राष्ट्रपति पौडेलले कर्णलाई सोमबार नै नियुक्त गरेका थिए।

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलगायतका विषयमा उत्पन्न विवादपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गर्ने निर्णय गरेको थियो।

सुवेदीले एमालेका सरोजकुमार यादवलाई होटलमा शपथ गराएको घटनापछि प्रदेशमा राजनीतिक तनाव बढेको थियो।

नयाँ प्रदेश प्रमुख नियुक्तिसँगै मधेशको राजनीतिक विवाद केही हदसम्म शान्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै