वीरगन्ज । बाटोबाट भएको मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरबाहिर प्रदर्शन हुन थालेको छ ।
मुख्यमन्त्री सरोज यादवको नियुक्तिको विरोधमा आज बिहान बाराको परवानीपुरमा प्रदर्शन गरिएको हो।
मंगलवार बिहान परवानीमा टायर बालेर मुख्यमन्त्री यादवको नियुक्तिको विरोधमा प्रदर्शन गरिएको हो ।
प्रदेस प्रमुखको असंवैधानिक निर्णयले मुख्यमन्त्रीमा यादव नियुक्त भएको भन्दै सो निर्णयको विरोधमा युवाहरुले सडक प्रदर्शनमा उत्रेका हुन ।
‘जङ्गली मुख्यमन्त्री राजीनामा देऊ, प्रदेश सभामुख राजीनामा देऊ’ नारा लगाउदै प्रदर्शन गरिएको हो ।
