ट्रेन्डिङ

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उछाल, तोलामा २९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार ६०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार तोलामा ३ हजार १५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ६५ रुपैयाँमा पुगेको छ।

विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धिले नेपाली बजारमा पनि मूल्य बढावा दिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै