ट्रेन्डिङ

शपथग्रहण लगत्तै मुख्यमन्त्री सरोज यादवद्वारा तीन मन्त्री नियुक्त, नेपाल संघीय समाजवादी र राप्रपा पनि सरकारमा

जनकपुर । मधेस प्रदेशका नयाँ मुख्यमन्त्री सरोज यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै तीन जनालाई मन्त्रीमा नियुक्त गरेका छन्।

एमाले नेतृत्वमा बनेको नयाँ सरकारले शपथसँगै सत्ता सन्तुलन र सहकार्यको सन्देश दिएको छ।

मुख्यमन्त्री यादवले एमालेका लखन दास, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारी र राप्रपाकी कञ्चन विच्छालाई मन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन्।

तीनै जनाले सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। मन्त्रीमा नियुक्त भएकाहरुलाइ अहिले कुनै जिम्मेवारी भने दिइएको छैन ।

तिनैजनालाइ पछि जिम्मेवारी दिने भनेर बिनाविभागीय मन्त्रीमा नियुक्त गरिएको हो ।

संविधानको धारा १६८(३) अनुसार आज बिहान एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

सिन्धुलीमा आयोजित सो शपथ समारोहमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादव र मन्त्रीहरूलाई शपथ खुवाएकी थिइन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै