ट्रेन्डिङ

मधेस प्रदेश प्रमुखलाई सात दलको आग्रह : संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन होस

जनकपुर । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरणका संकेत देखिँदै सात दलले संयुक्तरूपमा प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सात दलका नेताहरूले संयुक्त हस्ताक्षरयुक्त पत्र आइतबार प्रदेश प्रमुख सुवेदीलाई बुझाए हुन ।

मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत नपाएपछि सरकार रिक्त भएको र त्यसको विकल्पमा संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई अनुरोध गरिएको छ ।

सातै दलका नेताहरूले “मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले प्रदेशमा स्थायित्व र संविधानको मर्मअनुसार नयाँ सरकार गठन आवश्यक भएको” उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै