ट्रेन्डिङ

मधेसको राजनीतिमा नयाँ मोड, एमालेबाहेकका दलहरू किन प्रदेश प्रमुखको कार्यालयमा पुगे ?

जनकपुर । मधेस प्रदेशको राजनीतिमा शनिबारदेखि लगातार हलचल बढ्दो छ।

मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको २४ घन्टा बितिसक्दा पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आह्वान नगरेपछि आज प्रदेश राजधानी जनकपुरधाममा राजनीतिक सरगर्मी चुलिएको छ।

एमालेबाहेकका सबै दलहरू प्रदेश प्रमुखको कार्यालयमै पुगेका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको आह्वान गर्न माग गर्दै मधेस केन्द्रित गठबन्धनमा आवद्ध दलहरूले प्रदेश प्रमुख सुवेदीको कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन्।

उनीहरूले आह्वानमा अनावश्यक ढिलाइ भएको आरोप लगाउँदै तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन्।

मुख्यमन्त्री सोनलको राजीनामापछि सत्ता समीकरण फेरबदलको चरणमा पुगेको मधेसमा एमाले बाहेकका दलहरू मिलेर नयाँ सरकारको विकल्प खोजिरहेका छन्।

गठबन्धन दलहरूबीचको सहकार्यले एमाले बाहेकको एकजुटता देखाएसँगै मधेसको राजनीतिक परिदृश्यमा ठूलो उलटफेरको संकेत मिलेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

दलहरूको दबाब र बढ्दो राजनीतिक तापक्रमबीच अबको कदमले मधेसको सत्तासन्तुलनमा निर्णायक प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै