ट्रेन्डिङ

नारायणी अस्पतालमा नयाँ मेसु साहको स्वागत, कर्मचारीहरुले दिए सफल कार्यकालको शुभकामना

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) साहलाई स्वागत गरेको छ।

अस्पतालका विकास समिति तथा कर्मचारीहरूले आयोजित स्वागत कार्यक्रममा मेसु साहलाई स्वागत गरेको हो ।

साथै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन।

कार्यक्रममा बोल्ने वक्ताहरूले अस्पतालको सेवासुविधा विस्तार, व्यवस्थापन सुधार र आमनागरिकका स्वास्थ्य अधिकार सुनिश्चित गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

स्वागत कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ मेसु साहले विकास समितिको विश्वासप्रति आभार व्यक्त गर्दै अस्पतालको समग्र सेवा प्रणालीलाई अझ सुदृढ र जनमैत्री बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै