रौतहट । रौतहटका चारवटा नगरपालिकामा आज शोक बिदा दिइएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै चारवटा नगरपालिका आज शोक बिदा दिइएको हो ।
जिल्लाको राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले आज शोक बिदा दिइएको हो ।
चारवटै नगरपालिकाले बेग्लाबेग्लै सूचना निकाल्दै आइतबार एक दिनका लागि शोक बिदा दिएको जानकारी गराएको छ ।
नगरपालिकाहरूबाट निकालिएको सूचनामा भनिएको छ- दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना छ ।
पूर्वमन्त्री आलमको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा यही शुक्रबार राति निधन भएको थियो।
