जनकपुर । मधेस सभाको बैठक सञ्चालनप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सदन सुरु भए लगत्तै मुख्यमन्त्री सोनलले सभामुखले बलजफती सदन चलाएको आरोप लगाउँदै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन । स्थगन पश्चात सुरु भएको सदनको बैठकमा सम्बोधन गर्दै आज उनले सभामुख समक्ष राजीनामाको घोषणा गरेका हनु ।
उनले भने, ‘यो सदन बलजफती चलाइदैछ, सरकारका मन्त्रीहरु अनुपस्थित छन् । तरपनि जबरजस्ती सदन चलाउन खोजिएको छ । त्यसकारण म सदनको बैठकमै आफ्नो पदबाट राजीनमा दिएको घोषणा गर्दछु ।’
राजीनामाको औपचारिक पत्र केहीबेरमा पठाइने मुख्यमन्त्री सोनलले सभामुख मण्डललाइ भनेका थिए । मुख्यमन्त्री सोनलले सदनको बैठकमै पदबाट राजीनामा दिएको घोषणा गरेपछि विश्वासको मत लिन आवश्यक नभएको भन्दै सभामुखले सदनको बैठक स्थगन गरेका थिए । यद्यपी, मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सम्भावना कम भएपछि राजीनमा दिएको जानकार बताउँछन् ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सोनलको राजीनामाबारे जानकारी दिँदै अर्को सूचना नहुञ्जलेसम्मका लागि सदनको बैठक स्थगन गरेका हनु ।