जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले सदनमा विश्वासको मतको प्रस्ताव दर्ता गराएका छन् ।
शनिबार डाकिएको सदनको बैठकमा बोल्दै मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन । मधेसलाई जोगाउन धारणा राख्दै मुख्यमन्त्री सोनलले आफ्नो सरकारलाई विश्वासको दिन आग्रह गर्दै प्रस्ताव पेस गरेका हुन ।
मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि प्रस्ताव गरेपछि त्यसमाथि छलफलका लागि अहिले सदनमा बहस चलिहरेको छ ।
उनको प्रस्तावपछि एमालेका प्रदेश सांसदले बोल्दै आफ्नो पार्टीले यो सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको छ ।