ट्रेन्डिङ

बिहार विधानसभा चुनावका कारण आजदेखि पर्साका नेपाल–भारत नाका बन्द

वीरगन्ज । भारतको बिहार राज्यमा हुने विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि पर्सा जिल्लास्थित नेपाल–भारतका सबै नाका बन्द भएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनाअनुसार कार्तिक २२ गते देखि कार्तिक २५ गते साँझ ६ बजेसम्म सबै प्रकारको आवागमन रोक लगाइएको हो।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय बैठक (BDCC) मा भएको निर्णयअनुसार सो अवधिभर भारततर्फ र भारतबाट नेपालतर्फ हुने आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइने उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “निर्वाचनका समयमा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सीमाका सबै नाकामा पूर्ण रूपमा आवागमन रोक लगाइने भएको छ।”

उक्त अवधिमा अत्यावश्यक सेवा र इमरजेन्सी आवागमनका सवारी साधन भने प्रशासनको अनुमति लिएर मात्र सञ्चालन गर्न सकिने जनाइएको छ।

बिहारमा नोभेम्बर ११ मा हुने विधान सभा निर्वाचनका कारण सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका छन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सो जानकारी सबै सरोकारवालामा पठाइएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै