ट्रेन्डिङ

छठी घाटको पोखरीमा डुबेको बालकको शव सशस्त्र प्रहरी पर्साद्वारा उद्दार

वीरगन्ज । वीरगन्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठी घाटको पोखरीमा डुबेर मृत्यु भएका १२ वर्षीय शनि कुमार साहको शव सशस्त्र प्रहरी बल नेपाल, पर्साले उद्धार गरेको छ।

यही बिहीबार (हिजो) बिहान १० बजे घटना भएको जानकारी स्थानीय बासिन्दाबाट प्राप्त भएपछि, सशस्त्र प्रहरी बल नेपाल, नं.१३ गण पर्साबाट उद्धार टोली तुरुन्त घटनास्थलमा खटिएको थियो।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी विश्वराज योन्जनले भने, “स्थानीयबाट सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा खटियो। डुबेर मृत्यु भएको बालकको शव पोखरीबाट सुरक्षित रूपमा निकालेर आवश्यक प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।”

उद्धारमा सशस्त्र प्रहरी नायव निरीक्षक लोक बहादुर कार्किको कमाण्डमा पाँच जनाको टोली र सहायक निरीक्षक संजिव यादवको नेतृत्वमा सात जनाको टोली सक्रिय रहेको थियो।

त्यस्तै, वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक नविन थापाको टोली पनि घटनास्थलमा खटिएको थियो।

सशस्त्र प्रहरी बलले घटनास्थलमा सुरक्षा कायम गर्दै उद्धार प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै