ट्रेन्डिङ

छिन्नमस्तामा हैजा पीडित परिवारलाई जनमत पार्टीद्वारा राहत हस्तान्तरण

जनकपुर । जनमत पार्टीले छिन्नमस्ता गाउँपालिका–५, लोखरममा हैजा महामारीका कारण मृत्यु भएका परिवारलाइ राहत वितरण गरेको छ ।

मृतक एउटै परिवारका ३ सदस्यहरूलाइ आज राहत वितरण गरिएको जनमत पार्टीले जनाएको छ ।

हैजा महामारीका कारण लक्ष्मण सदा, छोरा संदीप सदा र छोरी रजनी सदाको मृत्यु भएपछि गाउँलेहरु शोकमा डुबेका छन्।यही पीडित परिवारको दुःखद घडीमा जनमत पार्टीले राहत हस्तान्तरण गर्दै साथ दिएको छ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउत, मधेस प्रदेशका पूर्वमन्त्री मो. सकिल अली, जिल्ला ईन्चार्ज रामगमन साह र वडा अध्यक्षको उपस्थितिमा राहत स्वरूप चामल, दाल, तेल, मुरही, च्यूरा र मरमसाला वितरण गरिएको थियो।

डा. राउतले शोकाकुल परिवारसँग संवाद गर्दै दुःख सहन धैर्य राख्न प्रोत्साहित गरे।

उनले मृतक लक्ष्मण, संदीप र रजनी सदाको आत्माको शान्तिको कामना गर्दै, पीडित परिवारप्रति सहानुभूति व्यक्त गरे ।

मृतक परिवारका सदस्यहरूले जनमत पार्टीको यो कदमले उनीहरूलाई सान्त्वना मिल्ने बताएका छन्।

राहत वितरणले गाउँमा महामारीबाट पीडित परिवारप्रति सामूहिक मनोबल र सहयोगको भावना बढाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै