जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री सोनलले प्रदेश सभामा पत्र पठाउँदै यही २२ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामबाट जारी पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयलाई अनुरोध गरिएको उल्लेख छ।
उक्त पत्र प्रदेश सभा सचिवलाई सम्बोधन गरिएको छ भने यसको प्रतिलिपि प्रदेश सभा प्रमुखलाई समेत पठाइएको छ।
मुख्यमन्त्री सोनलले आफ्नो सरकारप्रति प्रदेश सभाको समर्थन सुनिश्चित गर्न संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाउन लागेका हुन ।
