वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा आजदेखि मेला सुरु भएको छ ।
नगरपालिकको पिप्रामा आजदेखि ऐतिहासिक पाँचदिने मेला विधिवत रूपमा प्रारम्भ भएको हो।
कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने यो मेला मधेशको पुरानो सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको मानिन्छ ।
मेलाको शुभारम्भ स्थानीय मन्दिरमा पूजा–अर्चना गरी गरिएको हो ।
पाँच दिनसम्म चल्ने यस मेलामा कुस्ती प्रतियोगिता, लोकनृत्य, गीत–संगीतका कार्यक्रम र विभिन्न मनोरञ्जनका साधनहरू आकर्षणका रूपमा रहेका छन् ।
बहुदरमाई नगरपालिकाले मेलाको सुरक्षासम्बन्धी तयारी, सरसफाइ तथा यातायात व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाएको जनाएको छ ।
मेला हेर्न पर्सा बारा लगायतका जिल्लाबाट ठूलो संख्यामा भक्तजन र दर्शक आउने गर्दछन ।
स्थानीय बासिन्दाका अनुसार, पिप्राको यो ऐतिहासिक मेला सांस्कृतिक एकता, धार्मिक श्रद्धा र समुदायबीचको सहकार्यको प्रतीकका रूपमा पहिचान बन्दै गएको छ ।