वीरगन्ज । पूर्वमन्त्री अजयकुमार चौरसिया र प्रदेश सांसद श्याम पटेलले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सडक निर्माण कार्यको संयुक्त रूपमा शिलान्यास गरेका छन्।
निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार पर्साको डोकैला–बहुअरी–चैनपुर–एकटाँगा हुँदै बगवाना कोइलाभार मन्दिरसम्म पुग्ने सडक निर्माण कार्य सुरु गरिएको हो।
उक्त सडक निर्माण मधेश प्रदेश सरकारको बजेट सहयोगमा अघि बढाइएको प्रदेश सांसद पटेलका स्वकीय सचिव सरिफ मियाँले बताए ।
शिलान्यास समारोहमा नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता, पूर्व मेयरहरू लोकनारायण यादव र नितेन्द्र साह, वडा अध्यक्षहरू शंकर रायभर र राम बडाई यादव, क्षेत्रीय सचिव रञ्जित पटेल, बूथ सभापति शम्भु पटेल, साथै स्थानीय नेताहरु हृदय नारायण, काशी यादव र सरोज यादव लगायतको उपस्थिति थियो।
सडक निर्माणको शुभारम्भसँगै स्थानीयवासीले यातायात सहज हुने र आर्थिक क्रियाकलापमा थप प्रवर्द्धन हुने अपेक्षा व्यक्त गरेका छन्।
