ट्रेन्डिङ

जनकपुरधाम र चन्द्रपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरधाम र चन्द्रपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

मन्त्रालयले आइतबार र सोमबार गरी गरेको नियमित सरुवा निर्णयअनुसार डा. श्रवणकुमार साहलाई जनकपुरधाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा र मित्रलाल ढकाललाई चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको हो ।

मन्त्रालयले हालै सार्वजनिक गरेको सूचीअनुसार उपसचिवदेखि खरिदारसम्म गरी ५० जना कर्मचारीको सरुवा गरेको छ ।

जसमा १७ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ । मधेस प्रदेशका अन्य जिल्लाका स्थानीय तहका पनि केही अधिकृतको हेरफेर गरिएको छ ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै