ट्रेन्डिङ

वीरगन्जमा मौसम परिवर्तन : आज बिहान लाग्यो कुहिरो

वीरगन्ज । कार्तिक सुरु भएसँगै वीरगन्जमा हुस्सु (कुहिरो) सुरु भएको छ ।

सोमबार बिहानैदेखि वीरगन्ज र आसपासका क्षेत्रमा बाक्लो हुस्सु देखिएको छ, जसका कारण बिहानपख सडकमा आवागमन गर्ने सवारीसाधनहरू सावधानीपूर्वक चलाइएका छन् ।

मौसममा आएको परिवर्तनसँगै बिहानको समयमा दृश्यता घट्दा मोटरसाइकल र साना सवारी साधनले हेडलाइट बालेर यात्रा गरेका देखिएका छन् ।

मौसमविद्हरूका अनुसार कार्तिक महिनादेखि मधेसका विभिन्न भागमा बिहान-बेलुकी हुस्सु र कुहिरो देखिनु स्वाभाविक हो, जसले अब चिसो बढ्दै जाने संकेत गरेको छ ।

स्थानीय बासिन्दाले बिहानैदेखि घाम नदेखिएको र हावामा चिसोपन महसुस हुन थालेको बताएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै