काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतारका लागि प्रस्थान गरेका छन्।
राष्ट्रपति पौडेल शनिबार बिहान ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा प्रस्थान गरेका हुन्। उनी कतारमा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको कतार भ्रमणलाई स्वीकृति प्रदान गरेको थियो।