ट्रेन्डिङ

कांग्रेसका विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरूले बोलाए बिशेष भेला

वीरगन्ज । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर लामो समयदेखि चलिरहेको आन्तरिक विवादले नयाँ मोड लिएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको एजेन्डाले प्रवेश नपाएपछि, महाधिवेशन प्रतिनिधिहरूले दबाब बढाउन आइतबार विशेष भेला आह्वान गरेका छन्।

आइतबार दिउँसो साढे १२ बजे नयाँ बानेश्वरस्थित आनन्द इभेन्ट्समा हस्ताक्षरकर्ताहरूको यो महत्त्वपूर्ण भेला बस्नेछ।

युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा गत असोज २९ गते २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। यद्यपि खड्काले केन्द्रीय समिति बैठकमा हस्ताक्षर बुझाइएको जानकारी गराए पनि, यसलाई विधिवत् रूपमा एजेन्डाका रूपमा प्रवेश भने गराएका छैनन्।

केन्द्रीय समितिमा आफ्नो मागले औपचारिक प्रवेश नपाएपछि यो अभियानले दबाब सिर्जना गर्न भेला बोलाएको हो, जसले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याउने निश्चित छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै