ट्रेन्डिङ

नेपाली बजारमा सुनको भाउ फेरी आकाशियो

वीरगन्ज । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा फेरि ठूलो उछाल आएको छ।

पछिल्लो केही दिन सुनको भाउ ओरालो लागे पनि यस दिन एकाएक वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार, बिहीबार तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै