ट्रेन्डिङ

सप्तरीमा २४ घण्टामा कति मिलिमिटरको वर्षा भयो ?

जनकपुर । जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा सप्तरीमा १०० देखि २०० मिलिमिटरबीच वर्षा भएको छ।

विभागले यसलाई “धेरै भारी वर्षा” को श्रेणीमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार सोही अवधिमा मोरङको हरैंचामा अति भारी वर्षा (२१० मिलिमिटर) मापन गरिएको छ भने झापा र उदयपुरमा समेत धेरै भारी वर्षा (१००–२०० मिलिमिटर) भएको छ।

विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीका कारण पूर्वी तराईका जिल्लाहरू विशेषगरी सप्तरी, सिरहा, मोरङ र झापामा अझै केही घण्टा वर्षा जारी रहने चेतावनी दिएको छ।

अचानक पानीको बहाव बढ्ने, चट्याङ र डुबानको जोखिम रहन सक्ने भएकाले विभागले सर्वसाधारणलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार आज साँझदेखि क्रमशः मौसममा सुधार आउने अनुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै