ट्रेन्डिङ

सिरहा र सप्तरीमा मौसम विभागको ‘अलर्ट’, भारी वर्षा र चट्याङको जोखिम

जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागले सिरहा र सप्तरी जिल्लामा आज (कात्तिक १४ गते) भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण यी दुई जिल्लासहित मधेस प्रदेशका विभिन्न भागमा दिनभर वर्षा र चट्याङको जोखिम रहने विभागले जनाएको छ।

विभागले जारी गरेको चेतावनी बुलेटिन अनुसार सिरहा र सप्तरीका नदी–नाला तथा शहरी क्षेत्रमा अचानक पानीको बहाव बढ्ने, चट्याङ तथा सामान्य क्षतिको जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

कोशी प्रदेशका केही जिल्लामा पनि असर पर्ने अनुमान गरिएको छ भने कात्तिक १५ गतेदेखि क्रमशः मौसममा सुधार आउने विभागको पूर्वानुमान छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै