ट्रेन्डिङ

रौतहटमा २ लाख रुपैयाँ बढीको भन्सार छलीका सामान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सीमा नाकाहरूमा सक्रियता बढाउँदै अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको करिब सवा दुई लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले असोज ९ गते कार्यालय र मातहतका प्रहरी एकाइहरूबाट खटिएको गस्ती टोलीले विभिन्न स्थानबाट उक्त सामानहरू नियन्त्रणमा लिएको हो।
अवैध चोरी पैठारीबाट भन्सार छली गरी ल्याइएका सामानहरूको अन्दाजी मूल्य दुई लाख त्रिचालीस हजार आठ सय दश रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामग्रीहरूमा मुख्यतया चिनी, लत्ता कपडा, गहुँको बीउ, पानी तान्ने मोटर, सुर्ती, किराना सामानहरू लगायतका वस्तुहरू रहेका छन्। यसका साथै, तस्करीमा प्रयोग भएका दुई थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुद्रराज कँडेलले जानकारी दिएअनुसार, बरामद गरिएका सबै सामान र मोटरसाइकलहरूलाई थप कारबाहीका लागि गौर भन्सार कार्यालय मा बुझाइएको छ। रौतहट प्रहरीले सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्नका लागि गस्ती र निगरानीलाई थप प्रभावकारी बनाएको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै